कोशी नामकरणको विपक्षमा विप्लव
Published:
by .काठमाडौं २१ चैत । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रदेश १ को नाम कोशी राख्ने निर्णय तत्काल सच्याउन माग गरेका छन् ।
जनताको चित्त बुझाउने गरी किरात, राई, लिम्बु सबैलाई मिलाएर सो प्रदेशको नामकरण गर्नुपर्ने उनको जिकिर छ ।
मंगलबार काठमाडौंमा श्रमिक समुदाय मोर्चा, नेपालले आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव विप्लवले भूगोल वा जाति विशेषको आधारमा नभई स्थानीय जनता आफैं समाहित हुनेगरी प्रदेशहरुको नाम राख्न उपयुक्त हुने बताए ।
‘किरात प्रदेश राखे के फरक पर्छ रु अझ लिम्बुहरुको पनि बसोबास० छ त्यहाँ । अझ कोचको पनि छ । त्यो सबैलाई जोडेर कोच, लिम्बु, राई सबैलाई केन्द्रित गरेर एउटा साझा नाम त्यहाँका जनताहरुलाई चित्त बुझ्दो नाम राखे के फरक पर्छ रु’ उनले प्रश्न गरे ।
जातीय पहिचान नहुने गरी नाम राख्नु शासकहरुको वर्गीय चिन्तन भएको विप्लवले बताए ।‘त्यो त शासक वर्गीय चिन्तन हो । अहिलेसम्म नेपालका शासकहरुले सोच्ने चिन्तन हो त्यो । भूगोल विशेषको कारणबाट हेर्ने वा जाति विशेषको कारणबाट हेर्ने आफैंले ब्याख्या गर्ने दृष्टिकोण गलत हो । त्यहाँ जनता सन्तुष्ट हुुनुपर्दछ’ उनले भने ।
Comments