Sajhamanch Archive

लामिछानेविरुद्ध राहदानी विवादमा सर्वोच्चले माग्यो मुद्धा नचलाउनुको कारण

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, विविधा by .

काठमाडौं । सर्वोच्च अदालतले राहदानीसम्बन्धी विवादमा महान्यायाधिवक्ता कार्यालयसँग रवि लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गर्नुको कारण माग गरेको छ ।

बुधबार न्यायाधीश हरि फुयालको एकल इजलासले महान्यायाधिवक्ता कार्यालयसहितका विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

अब अदालतले तोकेको समयभित्र महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचलाउने निर्णय गर्नुको कारण लिखित रुपमा पेश गर्नुपर्नेछ । महान्ययाधिवक्ता दिनमणि पोखरेलले ६ चैतमा लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचलाउने निर्णय गरेका थिए ।

सिन्धुलीका युवराज सफल ९पौडेल०ले महान्याधिवक्ताको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दिएका थिए । उनले रिटमा राहदानी विवादमा रवि लामिछानेविरुद्ध मुद्दा चलाउन अन्तरिम आदेश पनि माग गरेका थिए । तर सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *