Sajhamanch Archive

उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुँदै, आजै चुनाव चिह्न दिइने

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, विविधा by .


काठमाडौं । वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज उमेदवारको अन्तिम नामावली प्रकाशन हुँदै छ । बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उमेदवारी फिर्ता लिन इच्छुकका लागि समय तोकिएको निर्वाचन आयोगले जनाएको छ । त्यसपछि उमेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

आयोगका अनुसार आजै चुनाव चिह्न वितरण गरिनेछ । चुनाव चिह्न वितरणपछि उपनिर्वाचनको प्रसारप्रसार सुरु हुनेछ ।


आउँदो वैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको कार्यतालिका छ ।

चितवन–२, तनहुँ–१ र बारा–२ मा आगामी वैशाख १० गते प्रतिनिधिसभा सदस्यका लागि हुने उपनिर्वाचन हुँदैछ ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *