Sajhamanch Archive

सामाजिक विषयको परीक्षामा सहभागी मोरङका १९९ नक्कली परीक्षार्थी पक्राउ

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, शिक्षा, समाज by .

मोरङ । चैत १७ गतेदेखि सुरु भएको एसईई परीक्षा अन्तरगत आज बिहीबार सञ्चालित सामाजिक विषयको परीक्षामा मोरङका तीनवटा परीक्षा केन्द्रबाट ठूलो सङ्ख्यामा नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

मोरङको झोराहाट, केराबारी र सुन्दरहरैंचाबाट १९९ जना नक्कली परीक्षार्थी भेटिएको मोरङ प्रहरी प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिएका हुन् ।

उनका अनुसार ग्रामथान गाउँपालिका–२ झोराहाटस्थित श्री सरस्वती नमूना मावि परीक्षा केन्द्रबाट सामाजिक विषयको परीक्षा दिँदै गरेको ५२ जना नक्कली परीक्षार्थी पक्राउ परेका थिए । यस्तै सार्वजनिक मावि केराबारीबाट १२७ जना र जनता मावि सुन्दरहरैँचाबाट २० जना पक्राउ परेका छन् ।

‘नक्कली परीक्षार्थी भेटिएपछि अहिले घटनाको अनुसन्धान भइरहेको छ’ डिएसपी दाहालले भने, ‘घटनास्थलमा प्रहरी र शिक्षा विकास समन्वय इकाइ मोरङका प्रमुख टंक गौतमको टोली पुगेको छ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *