मिटरब्याज पीडितसँग वार्ता गर्न गृहले बनायो समिति
Published:
by .काठमाडौँ । गृह मन्त्रालयले मिटरब्याज पीडितहरूसँग वार्ता गर्न शुक्रबार वार्ता समिति गठन गरेको छ । सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा समिति बनाएको गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए । पाँच सदस्यीय वार्ता समितिमा प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी, कानुन मन्त्रालयका उपसचिव जंगबहादुर डाँगी तथा प्रहरी उपरीक्षक दिनेशराज मैनाली सदस्य छन् ।
गृह मन्त्रालयको उपसचिव दिलकुमार तामाङ सदस्य सचिव छन् ।
अघिल्लो हप्ता नै सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा अधिकार सम्पन्न आयोग बनाइसके पनि मिटरब्याज तथा ठगीविरुद्ध किसान(मजदुर संघर्ष समितिु नामक पीडितहरूको संगठनले आन्दोलन जारी राखेकोमा उनहरूका मागलाई समेत समेट्ने गरी वार्ता समिति बनाएको प्रवक्ता बस्नेतले प्रस्ट पारे ।
Comments