सहारा नेपालमा एकल महिलालाई सम्मान तथा प्रोत्साहन प्रदान
Published: (Updated: )
by .बिर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शुक्रबार आज संस्थामा शेयर सदस्य रहेका २४५ जना एकल महिलालाई प्रोत्साहन भत्ता प्रदान गरेको छ ।
सामाजिक सुरक्षा उपसमितिका संयोजक डिल्लीराम सिटौलाको अध्यक्षतामा एकल महिला सम्मान तथा प्रोत्साहन कार्यक्रम चारपानेमा सम्पन्न भएको हो ।
सहारा नेपालमा एकल महिलालाई प्रोत्साहन तथा सम्मान कार्यको थालनी किन गरियो भन्ने सन्दर्भमा संस्थाका अध्यक्ष ताराप्रसाद सञ्जेलले प्रकाश पारेका थिए ।
अधिकांश एकल महिलाहरु आफ्नै घरमा अनि समाजमा उपेक्षाको सिकार भइरहेको सदस्यहरुबाटै अवगत भएपछि सहाराले आफ्नो सामाजिक उत्तरदायित्वलाई यततर्फ पनि केन्द्रित गरेको अध्यक्ष सञ्जेलले प्रष्ट पारे ।
विगत केही वर्षदेखि एकल महिला सम्मान तथा प्रोत्साहन कार्यक्रम गरिँदै आएकोले यसलाई त्यसैको निरन्तरता सम्झिन अध्यक्ष सञ्जेलले सहभागीहरुलाई आग्रह गरे ।
संस्थाले अघिल्लो वर्ष नगद छ हजार रुपैयाँ प्रदान गरेकोमा यो वर्ष ७ हजार रुपैयाँ वितरण गरियो ।
संस्थाका सञ्चालक सदस्य चित्रकला ओली र प्रबन्धक दिनेशबहादुर निरौलाले सञ्चालन गरेको एकल महिला सम्मान तथा प्रोत्साहन कार्यक्रममा संस्थाका प्रायः सञ्चालकहरुको सहभागिता थियो ।
Comments