नाइ संघको अध्यक्षमा मनोज
Published:
by .बिर्तामोड । नेपाल ट्रेड युनियन कांग्रेससँग आबद्ध घटक नेपाल नाई संघ झापाको सातौं जिल्ला अधवेशनले मनोज ठाकुरको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
बिर्तामोडमा सम्पन्न अधिवेशनले ठाकुरको सभापतित्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा राजकपुर ठाकुर र विश्वनाथ ठाकुर, सचिवमा विजय ठाकुर, सहसचिवमा मौजुलाल ठाकुर र कोषाध्यक्षमा मुकेश ठाकुर चयन भएका निर्वाचन अधिकृत जयकुमार दाहालले जानकारी दिएका छन् ।
निर्वाचन अधिकृत दाहालका अनुसार समितिका सदस्यहरुमा उमेश ठाकुर, बुधन ठाकुर, छविलाल हजाम, दिनेश ठाकुर, प्रमोद ठाकुर र दिलिप ठाकुर चयन भएका छन् ।
१७ सदस्यीय कार्यसमितिमा पालिकाहरुको प्रतिनिधित्व गराउँदै पाँचजना सदस्य कार्यसमितिको बैठकले मनोनयन गर्ने बताइएको छ ।
नवनिर्वाचित कार्यसमितिलाई नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाई, ट्रेड युनियन कांग्रेस झापाका अध्यक्ष यज्ञप्रताप अधिकारी, नाई संघका केन्द्रीय सदस्य राजकुमार ठाकुर, नेपाल चिया बगान श्रमिक संघका केन्द्रीय अध्यक्ष दीपक तामाङले निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका छन् ।
Comments