Sajhamanch Archive

आन्तरिक उडानका लागि तीन वटा जहाज किन्दै नेपाल एयरलाइन्स

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार by .

काठमाडौं । आन्तरिक उडानमा प्रयोग गर्ने उद्देश्यसहित नेपाल एयरलाइन्सले तीन वटा जहाज किन्ने भएको छ । जहाज खरीदको प्रयोजनका लागि निगम व्यवस्थापनले एक उपसमिति गठन गरी अध्ययन गरेको थियो । सो समितिले आफ्नो प्रतिवेदन निगम सञ्चालक समितिमा पेश गरेको थियो । त्यसपछि सञ्चालक समितिले वरिष्ठ क्याप्टेन सुधिर शमसेर राईको संयोजकत्वमा उपसमिति गठन गरी जहाज खरीद प्रक्रिया सुरु गरेको निगमका उपनिर्देशक रमेश पौडेलले जानकारी दिए ।

पौडेलकाअनुसार दुर्गम भेगमा उडान गर्ने गरी ३ वटा नयाँ जहाज खरिद गर्ने गरी उपसमितिले काम थालेको हो । निगमले यी जहाज आन्तरिक स्रोतबाट किन्ने उनले बताए ।

जहाज निर्माता कम्पनीबाट सिधै खरीद गर्ने गरी प्रक्रिया अगाडि बढाइएको समेत निगमले जनाएको छ । अहिले निगमसँग नियमित उड्न मिल्ने गरी दुई वटा मात्र जहाज उपलब्ध रहेको छ ।

निगमसँग यसअघि उपलब्ध चिनियाँ जहाज व्यवसायिक प्रयोजनमा उपयोगी नभएको र लागत मात्र थपेको भन्दै तीन वर्षदेखि नै थन्काएर राखिएको छ । निगमले नयाँ जहाज खरिद गरी दुर्गम भेगमा सेवा दिँदा पर्यटन प्रवर्द्धन हुने, निगमको उपस्थितिले बजार सन्तुलित भई हवाई भाडा दर केही हदसम्म सुपथ हुने र निगमको सेवा प्रभावकारी हुने बताएको छ । निगमसँग अन्तर्राष्ट्रिय उडानमा भने चार वटा जहाज छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *