Sajhamanch Archive

कोशी प्रदेश सरकारको १०० दिन उपलब्धिमुलक : मुख्यमन्त्री कार्की

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by .

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफू नेतृत्वको वर्तमान सरकारको १०० दिने उपलब्धि सार्वजनिक गरेका छन् ।

मुख्यमन्त्री कार्कीले सार्वजनिक गरेको शासकीय सुधारमा प्रदेशका मन्त्रालयहरूको संख्या १३ बाट ९ मा घटाइएको र मन्त्रालयहरूको संगठन तथा व्यवस्थापन (ओएन्डएम) कार्य सम्पन्न गरिएको उल्लेख छ ।

यस्तै, प्रशासनिक खर्चमा मितव्ययिता कायम गर्न तथा सेवा प्रवाह र विकास व्यवस्थापनमा प्रभावकारिता ल्याउन उच्चस्तरीय प्रशासन सुधार कार्यदल गठन भएको, प्रदेशको नामाकरण भएको लगायतका विषय मुख्यमन्त्री कार्कीले उपलब्धीको सूचिमा उल्लेख गरेका छन् ।

यस्तै कोशी प्रदेश समन्वय परिषद्ले पूर्णता पाएको, कोशी प्रदेश सरकारको सेवा प्रवाह र विकास व्यवस्थापन सम्बन्धी स्थितिपत्र २०७९ तर्जुमा गरिएको पनि सय दिनको उपलब्धिमा राखिएको छ।

यसैगरी कोशी प्रदेश समन्वय परिषद्ले पूर्णता पाएको, कोशी प्रदेश सरकारको सेवा प्रवाह र विकास व्यवस्थापन सम्बन्धी स्थितिपत्र २०७९ तर्जुमा गरिएको पनि सय दिनको उपलब्धिमा राखिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *