Sajhamanch Archive

एसीसी प्रिमियर कप क्रिकेट : नेपाल र साउदी अरेबियाबीचको खेल वर्षाका कारण अवरुद्ध

Published: in खेलकुद, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, विश्व समाचार by .

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेट अन्तरगत आज सोमबार हुने नेपाल र साउदी अरेबियाबीचको खेल वर्षाका कारण रद्द हुने सम्भावना बढेर गएको छ ।

हिजो साँझ वर्षाका कारण मैदान भिजेले आज दुई घन्टा ढिलो खेल सुरु हुने तय गरिएको भए पनि अघि ११ बजे देखि पुनः वर्षा भएपछि खेल नै नहुने अवस्था सिर्जना भएको जनाइएको छ । मूलपानीमा दिनभर नै वर्षा हुने मौसम पूर्वानुमान छ ।

बिहान मूलपानी आएपछि नेपाल र साउदी अरेबियाका दुवै खेलाडीले मैदान निरीक्षण गरेका थिए । वर्षा पुनः सुरु भएपछि दुवै टोली पेभेलियन भित्र बसिरहेका छन् । दिउसो २ः१५ बजेपछि पनि खेल हुने सम्भावना नभएमा म्याच रेफ्री सिंगापुरका सारिका प्रसादले खेल रद्द भएको घोषणा गर्ने जनाइएको छ ।

दुई ठूला प्रतिद्वन्द्वी मलेसिया र ओमानमाथि विजय हात पार्दै नेपाल समूह ‘ए’ मा मजबुत स्थितिमा रहेको छ । साउदीसँगको खेल रद्द भएमा नेपाल सेमिफाइनल पुग्ने छ । खेल रद्द भएको खण्डमा नेपालको ५ अंक हुनेछ ।

यस्तो अवस्थामा साउदी र ओमानबीचको लिगको अन्तिम खेल क्वार्टरफाइनल सरह हुनेछ र जसको जित हुन्छ त्यही टिम सेमिफाइनल पुग्ने छ । नेपालसँगको खेल हुन नसकेमा साउदीको ३ अंक हुनेछ भने ओमानको ४ अंक रहेको छ ।

साउदीले पछिल्लो खेलमा कतारलाई ७ विकेटले स्तब्ध पारेको थियो । नेपालसँग पराजित ओमानले कतार र मलेसियालाई पराजित गरेको थियो । नेपालले अन्तिम खेल कतारसँग खेल्ने छ र यो खेल जितेमा समूह विजेता भएर सेमिफाइनल पुग्ने छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हङकङ र बहराइनबीचको खेल पनि वर्षाका कारण हुन सकेको छैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *