४६ वटा ब्यागेज यात्रु पुगेको १३ घण्टापछि मलेसिया पुग्यो
Published:
by .
काठमाडौं । काठमाडौं–मलेसियाको उडानको क्रममा ४६ वटा ब्यागेज काठमाडौंमा नै छुटेको छ ।
आइतबार राति ११ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसियाको उडानका क्रममा मलेसियन एयरलाइन्सको जहाजमा ४६ वटा ब्यागेज लोड गर्न छुटेको हो ।
उक्त ब्यागेज सोमबार दिउँसो १ बजे पुनः मलेसियन एयरलाइन्सको जहाजबाट मलेसिया पठाइएको छ । यात्रु पुगेको १३ घण्टापछि लगेर मलेसिया ब्यागेज पुगेको हो ।
मलेसियन एयरलाइन्सको उडान सामान प्याक नुहँदा सामान छुटेको हो । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङको जिम्मा नेपाल एयरलाइन्सले लिएको छ । छुटेको सामान सोमबार उक्त एयरलाइन्सको अर्को उडानमा पठाइसकेको छ ।
“मलेसियन एयरलाइन्सले दिनमा दुई वटा उडान गर्दै आइरहेको छ । आइतबार राति ११ः३० को उडानमा सामान छुटेको थियो । उक्त सामान सोमबार दिउँसो १ बजेको उडानमा पठाइएको छ, प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने ।
कसको कारण विमानमा सामान लोड गर्न छुटेको हो भन्ने विषयमा छानबिन गर्न विमानस्थललाई प्राधिकरणले निर्देशन दिएको छ ।
Comments