दशैंमा पनि बि एण्ड सी अस्पताल खुल्लै रहने
Published:
by .बिर्तामोड । यहाँस्थित बि एण्ड सी टिचिङ हस्पिटलले दशैं, तिहारजस्ता नेपालीहरुका मुख्य चाडपर्वमा पनि चिकित्सकीय सेवा उपलब्ध गराउने जनाएको छ ।
अस्पताल प्रशासनले बडादशैंको अवसरमा पत्रकारहरुसँग शुभकामना आदानप्रदान गर्न आज आयोजित कार्यक्रममा यस्तो जानकारी दिइएको हो ।
‘दशैंमा आफू, परिवार, आफन्त वा छरछिमेकी बिरामी परेमा कतै लैजानु पर्दैन, बि एण्ड सीले गतवर्ष जस्तै चिकित्सकीय एवम् विशषज्ञ सेवालाई निरन्तर जारी राख्नेछ’ कार्यकारी निर्देशक दुर्गा प्रसाईले भनेका छन् ।
बि एण्ड सीमा विश्वस्तरीय प्रविधिबाट परीक्षण भइरहेकोमा अब नेपालमा नै पहिलो पटक क्यान्सर रोगको उपचारका लागि अत्याधुनिक औजारहरु भित्रिन लागेको पनि कार्यकारी निर्देशक प्रसाईले जानकारी दिए ।
अस्पतालका अध्यक्ष इन्दिरा गिरीसमेतको सहभागितामा भएको संक्षिप्त कार्यक्रममा गएको असोज ७ गतेदेखि हिजो २६ गतेसम्म गरिएको निशुल्क ओपिडी हेल्थ क्याम्पमा ११ हजार ३६२ जनाले सेवा लिएको बताइयो ।
सो अवधिमा ९ हजार ६६२ जनाले ल्यावको सेवा लिँदा छुट सुविधा पनि उपभोग गर्न पाएका छन् भने ५६२ जनाको शल्यक्रिया गरिएको जानकारी दिइयो ।
Comments