Sajhamanch Archive

अर्थोडक्स चिया १ केजीको १० हजार रुपैयाँमा बिक्री

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, by .

इलाम । नेपालमा पहिलो पटक लिलामीमार्फत चिया बिक्री भएको छ । शनिबार इलामको कन्याममा ‘डेमो अक्सन’मार्फत प्रतिकेजी १० हजार रुपैयाँमा चिया बिक्री भएको हो । एकजना अमेरिकीले प्रतिकेजी १० हजारका दरले ‘अर्थोडक्स ब्ल्याक टी’ खरिद गरेका हुन् ।

अमेरिकी नागरिक जेनीले लिलाम बढाबढमा ५ केजी अर्थोडक्स चिया ५० हजार रुपैयाँमा खरिद गरेकी हुन् । सूर्योदय चिया उत्पादक संघले उत्पादन गरेको चिया किसानले प्रतिकेजी एक हजार मूल्य तोकेका थिए । उक्त मूल्यमा अमेरिका, चीन, जापान र रुसका खरिदकर्ताले मोल बढाबढ गर्दै प्रतिकेजी १० हजारसम्म पुर्‍याएका हुन् ।

त्यस्तै ‘अर्थोडक्स ग्रीन टी’ प्रतिकेजी ६ हजार र ‘अर्थोडक्स ग्रीनिस ब्ल्याक टी’ प्रतिकेजी ४ हजारका दरले चिनियाँ खरिदकर्ताले किनेका छन् । उनीहरूले पनि लिलाम बढाबढ गर्दै चिया किनेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी प्रमुख विष्णुप्रसाद भट्टराईले जानकारी दिए ।

विश्व बजारमा चिया अक्सनमार्फत खरिद बिक्री हुने गरेको छ । तर नेपालमा भने लिलाम बजार छैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *