Sajhamanch Archive

धनुषामा टिपरको ठक्करबाट बालकको मृत्यु, बालिका गम्भीर घाइते

Published: in मिडियाबाट साभार, विविधा, समाज by .

जनकपुरधाम । धनुषामा टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । एक बालिका गम्भीर घाइते भएकी छन् ।

मृत्यु हुनेमा धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुर सिर्काटोलका ७ वर्षीय रियान्स कुमार दनुवार छन् ।

सोमबार दिउँसो विद्यालयबाट घर फर्किरहेका बालक र बालिकालाई प्रदेश–२–०३–००१ क १६२१ नम्बरको टिपरले ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।

टिपरको ठक्करबाट सोही ठाउँ बस्ने ५ वर्षीया राधीकुमारी दनुवार गम्भीर घाइते भएकी छन् । उनको टाउको र शरीरको विभिन्न भागमा गम्भीर चोट लागेको प्रहरीले जानकारी दिएको छ ।
घटनापश्चात स्थानीयले सडक अवरुद्ध गरेका थिए । प्रहरीले अवरुद्ध सडक खुलाउन एक राउण्ड हवाई फायरसमेत गरेको डीएसपी वेदप्रसाद गौतमले बताए ।

ठक्कर दिने टिपरका चालक फरार रहेको र उनको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *