सञ्चारिका समूहप्रति पत्रकार खनाल आक्रोशित
Published:
by .झापा । पत्रकार उमाकान्त खनालले सञ्चारिका समूहले व्यक्तिगत अधिकार कुण्ठित गरेको आरोप लगाउँदै सञ्चारिकाको विज्ञप्तिमा आपत्ति जनाएका छन् ।
पत्रकार महिलाहरुको संगठन सञ्चारिका समूहले आइतबार विज्ञप्ति प्रकासन गरी भावना लिङदेनलाई पत्रकार खनालले यौन दुर्व्यवहार गरेको उल्लेख थियो । उक्त विज्ञप्तिमा आफूलाई लाञ्छित गर्नुले आफ्नो व्यक्तिगत अधिकार कुण्ठित गरेको खनालको भनाई छ । आज पत्रकार खनालले पनि प्रेस विज्ञप्ति जारी गरी यथार्थ घटना बङ्ग्याएर आफूमाथि लाञ्छना लगाएको जिकिर गरेका हुन् ।
आफूमाथि यौन दूव्र्यवहारको आरोप लगाउने भावना लिङदेनको कार्यक्षमतामा प्रश्न उठाउँदै खनालले रिसवी साध्न झूटो आरोप लगाएको जिकिर पनि गरेका छन् । पीडित भनिएकी पत्रकार भावना लिङदेनको मानसिक स्वास्थ्य माथि पनि प्रश्न उठाउँदै खनालले उनको मानसिक स्वास्थ्य बारे सोधपुछ गर्नुपर्ने बताएका छन् ।
झापाको बिर्तामोडबाट प्रसारण हुने सूर्योदय टेलिभिजनमा कार्यरत रहँदा पत्रकार लिङदेनलाई सोही टेलिभिजनका तत्कालिन समाचार सम्पादक खनालले दुब्र्यवहार गरेको लिङदेनले भिडिओ सन्देश उत्पादन गरी आरोप लगाएकी थिइन् ।
Comments