Sajhamanch Archive

बझाङमा हिमपहिरो, यार्सागुम्बा टिप्न गएकी महिला बेपत्ता

Published: in मिडियाबाट साभार, विविधा, समाज by .

काठमाडौँ। बझाङमा हिमपहिरोमा पुरिएर एक महिला बेपत्ता भएकी छन् ।

जिल्लाको सुर्मा गाउँपालिका १ मा सोमबार राति हिमपहिरोमा जाँदा पुरिएर स्थानीय ३३ वर्षीया झल्लादेवी बोहरा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) जागेश्वर भण्डारीले यार्सागुम्बा टिप्न गएकी बोहरा हिमपहिरोमा पुरिएर बेपत्ता भएको जानकारी दिए ।

उनको खोजीका लागि प्रहरी टोली घटनास्थलतर्फ गएको डीएसपी भण्डारीले बताए ।

मंगलबार दिउँसो दार्चुलाको व्यास गाउँपालिकामा हिमपहिरो जादा एक जना घाइते भएका छन् भने ८ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *