Sajhamanch Archive

कांग्रेसको कोटामा नियुक्त तीन मन्त्रीले लिए शपथ

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाली काँग्रेसको कोटामा परेका तीनजना नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

शीतल निवासमा आयोजित सपथ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त तीन मन्त्रीलाई शपथ गराएका हुन् ।

नेपाली काँग्रेसका धनराज गुरुङ, मोहन बस्नेत र डिगबहादुर लिम्बू बुधबार मन्त्री नियुक्त भएका थिए ।

राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ९ बमोजिम कानुन मन्त्रीमा धनराज गुरुङ, स्वास्थ्य मन्त्रीमा मोहन बस्नेत र युवा तथा खेलकुद मन्त्रीमा डिगबहादुर लिम्बूलाई हिजो नियुक्त गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *