Sajhamanch Archive

निजामती कर्मचारीको आन्दोलन स्थगित

Published: in मिडियाबाट साभार, विविधा, समाज by .

काठमाडौं । निजामती कर्मचारीहरुले आफ्नो आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । सरकारले उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा वार्ता समिति गठन गरेपछि कर्मचारीहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन् ।

आफूहरुको मागको सम्बन्धमा वार्ता समितिले बिहीबार नै छलफल गर्ने तयारी गरेको नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले जानकारी दिए । वार्तामार्फत आफूहरुको माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रमहरु निर्धारण गरिने उनले बताए ।

उनका अनुसार कर्मचारी संगठनहरुले बिहीबार साँझ उपप्रधानमन्त्री खड्कासँग वार्ता हुनेछ। ‘आज सरकारको तर्फबाट उपप्रधानमन्त्री खड्काको नेतृत्वमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी सहित निजामती कर्मचारी संघ संगठनहरुको प्रतिनिधिसँग छलफल हुँदैछ’ पोखरेलले भने ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *