Sajhamanch Archive

भ्रष्टाचारीलाई कारबाही गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन

Published: in मिडियाबाट साभार, विविधा, समाज by .

काठमाडौँ। भ्रष्टाचारीलाई कारबाही गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ।

शनिबार अपराह्न काठमाडौँको माइतीघर मण्डलामा भेला भएर युवाहरूले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी लगायतका भ्रष्टहरूलाई कारबाही गर्न माग सरकारलाई दबाब दिँदै प्रदर्शन गरेका हुन। उनीहरुले भ्रष्टाचारमा संलग्नहरूलाई नछोड्न पनि सरकारलाई खबरदारी गरेका छन।

‘प्रचण्ड सरकारलाई खबरदारी, कारबाही गर भ्रष्टाचारी’,‘गृहमन्त्री काजी दाइ, कारबाही गर भ्रष्टाचारीलाई’ लेखिएको प्लेकार्ड समेत प्रदर्शन गरेका थिए। नक्कली भुटानी शरणार्थी प्रकरणमा विभिन्न राजनीतिक दलका नेताहरु मुछिएपछि उनीहरूलाई कारबाही गर्न सरकारमाथि दबाब परेको छ।

यता, सरकारले पनि सो प्रकरणमा मुछिएकाहरूलाई पक्राउ गरी अनुसन्धानको प्रक्रिया अघि बढाएको छ। तर पक्राउ पुर्जी जारी गरिएका एमाले सचिव समेत रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी भने फरार रहेका छन। उनलाई उन्मुक्ति नदिन पनि सरकारलाई प्रर्दशनकारीहरुले सचेत गराएका छन।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *