एनएमसीद्वारा किशोरीमा प्रजनन सम्बन्धी सचेतना प्रदान
Published:
by .सूर्योदय (इलाम) । नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) अन्तर्गतको महिला सशक्तिकरण उपसमितिले इलामको फिक्कल माविमा किशोरीहरुको यौन तथा प्रजनन स्वस्थ्य सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।
महिला सशक्तिकरण उपसमितिका संयोजक हेमा सिटौलाले अध्यक्षता गरेको उक्त कार्यक्रममा प्रमुुख सहजीकरण संस्थाका सञ्चालक समिति उपाध्यक्ष भगवती घिमिरे मैनालीले गरेकी थिइन् । कार्यक्रममा किशोरी विद्यार्थीसहित उनीहरुका आमाको पनि उपस्थिति थियो ।
उक्त कार्यक्रममा किशोर अवस्थामा हुुने शारीरिक तथा मानसिक परिवर्तन बारे सहजकर्ताले खुुलेर सहजीकरण गरेकी थिइन् । हरेक मानिसमा शारीरिक, मानसिक तथा प्रजनन प्रणालीमा उमेर अनुसार परिवर्तन हुने उनको भनाई थियो ।
शरीरका अंगहरुको कार्य र प्रजनन प्रक्रियाको सन्दर्भमा किशोरीहरुलाई समयमा नै जानकारी हुुनुुपर्दछ भन्ने विषयमा जानकारी गराउँदै सहजकर्ता मैनालीले यौन तथा प्रजनन स्वास्थ्यको अधिकारका बारेमा प्रकाश पारेकी थिइन् ।
हरेक व्यक्तिमा यौन तथा प्रजनन स्वास्थ्यको अधिकार हुुने भएकोले विशेष गरी किशोर उमेरका छात्राहरुलाई भविष्यमा हुुनसक्ने समस्याबारे थप जानकारी गराउनयस्तो कार्यक्रम आयोजना गरिएको बताइन् ।
महिला सशक्तिकरण उपसमिति सदस्य कविता पौड्यालले कार्यक्रमको आवश्यकता र औचित्यमाथि प्रकाश पार्दै शाब्दिक स्वागत गरेकी थिइन् । ४० जनाभन्दा बढी किशोरी विद्यार्थीको सहभागितामा सम्पन्न कार्यक्रमको सञ्चालन सदस्य सचिव हिरन कट्टेलले गरेकी थिइन् ।
Comments