Sajhamanch Archive

डिजेल र मट्टीतेलको मूल्य लिटरमै १० रुपैयाँले घट्यो

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by .

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमै १० रुपैयाँले घटाएको छ । सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको हो ।

घटेको मूल्य अनुसार डिजेल र मट्टीतेलको प्रतिलिटर उपभोक्ता मूल्य १५५ रूपैयाँ कायम भएको छ । यसअघि १६५ रूपैयाँ प्रतिलिटरमा डिजेल र मट्टीतेल बिक्री हुँदै आएको थियो ।

निगमले पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्याँसको मूल्य भने यथावत राखेको छ ।

म‌गलबार मात्रै भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको थियो । भारतीय आयल कर्पोरेसन ९आईओसी० ले पठाएको नयाँ मूल्यसूची अनुसार डिजेलको मूल्य प्रतिलिटर ८ रुपैयाँ र पेट्रोलको मूल्य ९ रुपैयाँले घटेर आएको थियो ।

सोही अनुसार सञ्चालक समिति बैठकले मंगलबार रातिदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको मूल्य समायोजन गरेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *