Sajhamanch Archive

लगातार दोस्रो दिन पनि बढ्यो सेयर बजार

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, विविधा, समाज by .

काठमाडौं । सेयर बजार लगातार दोस्रो दिन पनि बढेको छ । बुधबार २३.३९ अंकले बढेको बजार १८४५.०१ विन्दुमा पुगेर रोकिएको छ । यो १.२८ प्रतिशतको वृद्धि हो ।

पछिल्लो समय निरन्तर गिरावट आएको बजार मंगलबार समेत सामान्य बढेको थियो । बुधबार २६६ धितोपत्रको २५ हजार ६३४ वटा कारोबारबाट २५ लाख ७७ हजार २१० कित्ता सेयर किनबेच हुँदा ८५ करोड ७६ लाख २४ हजार ३१८ रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार सबै उपसूचकहरुमा हरियाली देखिएको छ ।

जलविद्युतका लगानीकर्ताले सबैभन्दा धेरै ९२.२८ प्रतिशत०ले कमाएका छन् । यस दिन आत्मनिर्भर लघुवित्त, इस्टर्न हाइड्रो र ग्रिनलाइफ हाइड्रोको मूल्य सकारात्मक सर्किट लेबलमा बढ्यो । माइखोला हाइड्रोको मूल्य सबैभन्दा धेरै ७.९३ प्रतिशतले घटेर २७७.६० रुपैयाँमा झरेको छ । शिवम सिमेन्ट, नेपाल टेलिकम, एनआइसी एसियासहितका धितोपत्रको सबैभन्दा धेरै कारोबार भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *