Sajhamanch Archive

झापाका वस्तुगत संघहरुले गरे सामुहिक सम्मान

Published: in अर्थतन्त्र, प्रदेश तह, मुख्य समाचार, लोकप्रिय, समाज by .

भद्रपुर । नेपाल उद्योग वाणिज्य महासंघमा वस्तुगततर्फको उपाध्यक्ष पदमा निर्वाचित हेमराज ढकाललाई झापाका वस्तुगत संघहरुले सम्मान गरेका छन् । वस्तुगत संघहरुले ढकालसँगै झापाबाट प्रतिनिधित्व गर्दै महासंघमा निर्वाचित केन्द्रीय सदस्यहरुलाई पनि सम्मान गरेका छन् ।

नेपाल चिया उत्पादक संघको अगुवाइमा नेपाल अलैंची व्यवसायी महासंघ, नेपाल सुपारी प्रशोधन तथा निर्यात व्यवसायी संघ, नेपाल सुपारी खेती विकास संस्था, नेपाल भेनियर उत्पादक संघ, नेपाल प्लाईउड उत्पादक केन्द्रीय संघ, पूर्वाञ्चल प्लाईउड संघलगायतले महासंघका वस्तुगत उपाध्यक्ष ढकाल, नवनिर्वाचित केन्द्रीय सदस्य दमक उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष गोकुल श्रेष्ठ, वस्तुगततर्फकै केन्द्रीय सदस्य नरेशलाल श्रेष्ठ र भक्त हमाललाई संयुक्त रुपमा बधाइसहित सम्मान गरेका हुन् ।

भद्रपुरस्थित झापा उद्योग संघको सभाहलमा आयोजित समारोहमा उनीहरुलाई सार्क चेम्बर अफ कमर्सका उपाध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकाल, नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेशकुमार अग्रवाल, नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराई, सुपारी प्रशोधन तथा निर्यात व्यवसायी संघका अध्यक्ष, प्लाईउड केन्द्रीय संघका महासचिव दिनेश चापागाईं, भेनियर उत्पादक संघका अध्यक्ष दीपक पाण्डे, झापा उद्योग संघका अध्यक्ष यामबहादुर श्रेष्ठ, महासचिव दुर्गाप्रसाद भण्डारीलगायतले खादा अविर पहिर्याएर सम्मानपत्र प्रदान गरेका थिए ।

ढकाललाई महासंंघको वस्तुगततर्फको उपाध्यक्ष पदको उम्मेदवारको रुपमा चिया उत्पादक संघले सिफारिस गरेको थियो भने झापाका सबै वस्तुगत संघले समर्थन जनाएका थिए ।

सोही अवसरमा हालै नेपाल निर्यात व्यवसायी महासंघको केन्द्रीय सदस्य पदमा मनोनित नेपाल अलैंची व्यवसायी महासंका अध्यक्ष निर्मल भट्टराईलाई पनि वस्तुगत संघहरुले सम्मान गरेका थिए ।

सञ्चारकर्मी ईश्वर अधिकारीले सञ्चालन गरेको सो समारोहमा प्रमुख अतिथि ढकालले सम्मानित व्यक्तित्वहरुलाई बधाइ दिँदै वर्तमान आर्थिक संकट समाधानका लागि सशक्त भूमिका निर्वाह गर्न आग्रह गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *