Sajhamanch Archive

खानेपानी निर्वाचनमा स्वतन्त्र प्रगतिशील प्यानलका उम्मेदवार तय

Published: in मुख्य समाचार, लोकप्रिय, समाज by .

बिर्तामोड । बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आसन्न निर्वाचनका लागि स्वतन्त्र प्रगतिशील प्यानल बनाई उम्मेदवारहरु तय गरिएको छ ।

विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उपभोक्ताहरुको आज बिर्तामोडमा सम्पन्न भेलाले संस्थाका वर्तमान कार्यसमिति सदस्य देवेन्द्र सिटौलाको नेतृत्वमा उम्मेदवारहरु तय गरेको हो ।

प्राप्त जानकारी अनुसार खानेपानी संस्थाको उपाध्यक्ष पदमा औषधी व्यवसायी प्रदिप खरेल, सचिवमा सामाजिक व्यक्तित्व बिष्णुप्रसाद चुडाल र कोषाध्यक्षमा बिनिता राजवंशी उम्मेदवार बन्नेछन् ।

खानेपानी संस्थाको खुला सदस्यमा होटल व्यवसायी तथा सामाजिक व्यक्ति छत्रबहादुर श्रेष्ठ र युवा खेलाडी रमेश उप्रेती उम्मेदवार बन्नेछन् । यस्तै महिला सदस्य पदमा तारा राई, पुनम अधिकारी र सीमा सिलवाल ढुंगाना उम्मेदवार बन्ने तय गरिएको छ ।

स्वतन्त्र प्रगतिशील प्यानलले शनिबार पत्रकार सम्मेलन गरी उम्मेदवार सार्वजनिक गर्ने, प्रतिवद्धतापत्र जारी गर्ने लगायतको तयारी गरेको जनाइएको छ ।

यही जेठ १५ गते सम्पन्न हुने निर्वाचनका लागि जेठ ७ गते आइतबार उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यतालिका छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *