बितामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचन : स्वतन्त्र प्रगतिशील प्यानलबाट उम्मेदवारहरु सार्वजनिक
Published:
by .बिर्तामोड । बितामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको जेठ १५ गते हुने निर्वाचनका लागि स्वतन्त्र प्रगतिशील प्यानलले उम्मेद्वार घोषणा गरेको छ ।
स्वतन्त्र प्रगतिशील प्यानल निर्वाचन परिचालन तथा प्रचार समितिले आज पत्रकार सम्मेलन गरी उम्मेद्वार घोषणा तथा परिचय गराएको हो ।
सो प्यानलबाट अध्यक्षमा देवेन्द्र सिटौला, उपाध्यक्षमा प्रदिप खरेल, सचिव विष्णुप्रसाद चुडाल, कोषाध्यक्षमा विनिता राजवंशीले उम्मेद्वारी दिने पत्रकार सम्मेलनमार्फत् आधिकारिक जानकारी दिइयो ।
त्यस्तै समितिको खुला सदस्यहरुमा छत्रबहादुर श्रेष्ठ र रमेश उप्रेती तथा महिला सदस्यहरुमा तारा राई, पुनम अधिकारी सुब्बा र सीमा सिलवाल ढुंगानाले उम्मेद्वारी दिने भएका हुन् ।
स्वतन्त्र प्रगतिशील प्यानल निर्वाचन परिचालन तथा प्रचार समितिका संयोजक देवराज कार्कीको अध्यक्षतामा भएको उम्मेद्वारी घोषणा कार्यक्रममा प्रदेश सभा सदस्य एकराज कार्कीको प्रमुख आतिथ्य रहेको थियो ।
नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), जनता समाजवादीलगायतको राजनीतिक दलहरु र स्वतन्त्र विभमर राख्ने उपभोक्ताहरुले स्वतन्त्र प्रगतिशील प्यानल निर्माण गरी उम्मेद्वार घोषणा गरिएको हो ।
खानेपानी संस्था उपभोक्ताहरुको योगदानमा सञ्चालित सामाजिक संस्था भएकाले सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने मान्यता विगतदेखि नै रहिआएको अध्यक्ष पदका उम्मेद्वार सिटौलाले बताए ।
तर, त्यस्तो हुन नसकेकाले बिर्तामोडका क्रियाशील मुख्य राजनीतिक शक्तिहरु तथा स्वतन्त्र सामाजिक व्यक्तिहरु मिलेर निर्वाचनमा सामुहिक प्रतिष्पर्धा गर्ने उद्देश्यले स्वतन्त्र प्रगतिशील प्यानल निर्माण गरेको अध्यक्ष पदका उम्मेद्वार सिटौलालले बताए ।
उम्मेद्वार सिटौलालले आफू नेतृत्व प्यानलले जितेपछि हाल १३ हजार रुपैयाँमा जडान गरिँदै आएको खानेपानीको धारा ९ हजार रुपैयाँमा जडान गरिने, मासिक महसुल दर घटाउने, ठाउँ–ठाउँमा सार्वजनिक धारा जडान गर्ने लगायत प्रतिवद्धता जनाएका छन् ।
उम्मेदवार सार्वजकि तथा परिचयात्मक पत्रकार सम्मेलनका प्रमुख अतिथि कार्की, नेकपा ९माओवादी केन्द्र० प्रदेश कमिटी सदस्य कुवेर श्रेष्ठ लगायतले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन गणेश पोखरेलले गरेका थिए ।
Comments