Sajhamanch Archive

बागमतीमा मन्त्रिपरिषद विस्तार, कांग्रेसका ४ र एकीकृत समाजवादीका २ मन्त्री नियुक्त

Published: in मिडियाबाट साभार, राजनीति by .

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले नेपाली कांग्रेसबाट ३ जना र नेकपा एकीकृत समाजवादीबाट २ जना मन्त्री समावेश गरेर मन्त्रिपरिषद विस्तार गरेका हुन् ।

कांग्रेसबाट मसिना खड्का भण्डारी वन तथा वतावरण, पुकार महर्जन पर्यटन उद्योग तथा सहकारी, उत्तम जोशी स्वास्थ्य मन्त्री बनेका छन् । कांग्रेसकै रामकृष्ण चित्रकार विना विभागीय मन्त्री बनेका छन्।

नेकपा एकीकृत समाजवादीबाट लक्ष्मण लम्साल श्रम, रोजगार तथा यातायात मन्त्री बनेका छन् भने राजेन्द्रमान श्रेष्ठ कृषि तथपशुपंंक्षी विकास मन्त्री बनेका छन् ।

नवनियुक्त मन्त्रीहरुको आइतबार नै दिउँसो शपथ समारोह रहेको विना विभागीय मन्त्री रामकृष्ण चित्रकारले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *