Sajhamanch Archive

विश्व कीर्तिमान बराबरी भएपछि कामीरिता २८ औं पटक सगरमाथा चढ्दै

Published: in मिडियाबाट साभार, लोकप्रिय, विश्व समाचार by .

काठमाडौं । विश्व कीर्तिमानी सगरमाथा आरोही कामीरिता शेर्पा २८ औं पटक सगरमाथा चढ्न सुरु गरेका छन् ।

सोलुखुम्बु पाङबोचेका पासाङ दावा शेर्पाले २७ औं पटक सगरमाथा चढेर आफ्नो कीर्तिमानसँग बराबरी गरेपछि कामीरिता २८ औं पटक सगरमाथा चढ्न थालेका हुन् ।

सबैभन्दा धेरैपटक सगरमाथा चढेको आफ्नो नामको विश्व रेकर्ड कायमै राख्न उनले सोमबारदेखि नै आरोहण सुरु गरेको उनी आबद्ध कम्पनी सेभेन समिट ट्रेक्स प्रालिले जनाएको छ । सेभेन समिट ट्रेक्सका म्यानेजर थानेश्वर गुरागाईंले भने, ‘कामीरिता आज (मंगलबार) चुचुरोमा पुग्ने योजना हो । तर पुगिसकेको खबर आइसकेको छैन ।’

सोलुखुम्बुका कामीरिता सेभेन समिट ट्रेक्स प्रालिका गाइड हुन् । उनले सबैभन्दा पहिले २०५१ मा सगरमाथाको सफल आरोहण गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *