Sajhamanch Archive

इस्टु झापाले प्याब्सन एनप्याब्सनलाई दियो अलिटमेटम

Published: in लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by .

भद्रपुर । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) झापाले संस्थागत विद्यालयको विदा सम्बन्धी मनोमानी अविलम्ब रोकेर विगतका सहमति अनुसार विदा कार्यान्वयनमा ल्याउन प्याब्सन र एनप्याब्सन झापालाई अलिटमेटम दिएको छ ।

युनियनसँग विदा सम्बन्धी भएका पूर्वसहमति कार्यान्वयनमा लैजान प्याब्सन, एन प्याब्सन नेतृत्व तयार नभए सशक्त आन्दोलनको कार्यक्रम अगाडि बढ्ने इस्टु झापाले चेतावनी दिएको हो ।

जिल्ला अध्यक्ष होमराज खतिवडाले सहमतिबाट संस्थागत विद्यालय सञ्चालक पछि हटेको कारण प्याब्सन एनप्याब्सन नेतृत्वसँग विगतको सहमति कार्यान्वयन नभएको स्मरण गराउँदै अविलम्ब सहमति कार्यान्वयन नगरिए जिल्लाव्यापी आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *