Sajhamanch Archive

कोशी प्रदेशमा पुन: नामाङ्कनको माग गर्दै आन्दोलन घोषणा

Published: in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, लोकप्रिय, समाज by .

विराटनगर । प्रदेश नामकरणको विरोधमा रहेका विभिन्न राजनीतिक दल र संघसंस्थाले कोशी प्रदेशको बजेट अधिवेशन आह्वान भएपछि विराटनगर केन्द्रित आन्दोलन घोषणा गरेका छन् । प्रदेशको नाम पहिचानका आधारमा पुन: नामाङ्कनको माग गर्दै आएको प्रदेश १ पुन: नामकरण संघर्ष समितिले विराटनगर केन्द्रित आन्दोलन घोषणा गरेको हो ।

विज्ञप्ति जारी गर्दै पहिचान पक्षधरहरुले १४ जेठबाट प्रदेशसभा सचिवालय क्षेत्रमा केन्द्रित रहेर आन्दोलन गर्ने जानकारी दिएको छ ।  फागुन १७ गते प्रदेशसभा बैठकले प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर असन्तुष्ट छन् ।

प्रदेशको नाम राखेपछि स्थगित भएको प्रदेशसभाको पहिलो अधिवेशन चैत २९ गते अन्त्य भएको थियो । जेठ १४ गते दिउँसोबाट सरकारले बजेट अधिवेशन बोलाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *