बजेट ‘मितव्ययिता’ को ब्राण्डमा पुरानै कार्यक्रमको निरन्तरता
Published: (Updated: )
by .काठमाडौं । आगामी सोमबार संघीय संसद्मा पेश हुने आउँदो आर्थिक वर्ष २०८०र८१ को बजेटको मस्यौदाको काम ‘बजेट लेखन समिति’ले लगभग सकिसकेको छ । यसलाई अन्तिम रूप दिन बाँकी भए पनि बजेटले एउटा प्रारूप भने ग्रहण गरिसकेको छ । बजेट लेखन समितिका एक अधिकारीका अनुसार यसपटकको बजेटमा ‘मितव्ययिता’को ब्राण्डमा पुरानै कार्यक्रमको निरन्तरता हुनेछ ।
‘यसपालीको बजेट मुख्य रूपमा आर्थिक अनुशासन र मितव्ययितामा फरक मानक स्थापित गर्ने गरी आउनेछ’ ती अधिकारीले भने । २४ वैशाखमा संसद्मा पेश भएको बजेटको सिद्धान्त तथा प्राथमिकता र ५ जेठमा सार्वजनिक भएको सरकारको नीति तथा कार्यक्रमले नै बजेट मूलतः कस्तो आउँदैछ भन्ने स्पष्ट गरिसकेको छ ।
लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेको सरकार आगामी वर्ष खर्च कटौतीको नीति लिनैपर्ने दबाबमा छ । ‘स्रोतको संकुचनका कारणले पनि आर्थिक अनुशासन नै आगामी बजेटको ब्रान्ड हो,’ उनी भन्छन्, ‘बजेटबाट क्रम भंग गर्ने दृष्टिकोण बनाउन न हामीसँग पर्याप्त स्रोत छ, न कतातर्फ जाने बाटो स्पष्ट छ, केही नयाँ प्रयोग गरेर हेर्ने पनि नेपालको बजेट प्रणालीकै निरन्तरता नै हो, यसपटक पनि त्यही हुन्छ ।’
Comments