Sajhamanch Archive

झापामा जबरजस्ती करणीको आरोपमा एकजना पक्राउ

Published: in समाज by .

झापा। जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले झापाबाट एकजनालाई पक्राउ गरेको छ ।

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा अर्जुनधारा नगरपालिका-११ स्टाप चोक बस्ने २७ वर्षीय बिवेक श्रेष्ठलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

विवेकले ती किशोरीलाई सोही ठाउँस्थित साथीको कोठामा आएकी अवस्थामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *