बिर्तामोडका विद्यालयहरु २ दिनका लागि विदा दिइयो
Published:
by .बिर्तामोड । दिनहुँ अत्यधिक गर्मी बढ्न थालेका कारण बिर्तामोड नगरपालिका क्षेत्रमा सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरु भोलि शुक्रबार र आइतबार विदा दिइने भएको छ ।
नगर शिक्षा अधिकृत उपसचिव तिलचन भण्डारीले आज सूचना प्रकाशन गरी नगरप्रमुख स्तरीय निर्णयबाट बर्खे वा हिउँदे विदाबाट कट्टा हुने गरी भोलि १८ र आइतबार २० गतेका लागि विदा दिइएको उल्लेख छ ।
आजमात्र साझामञ्चले सो सम्बन्धी समाचार प्रकाशन गरेर नगरपालिकालाई विदा कहिले दिने भनी जिज्ञासा राखेको थियो ।
बिर्तामोडमा पनि विदाको सूचना आइसकेपछि झापाको मेचीनगर नगरपालिका, दमक नगरपालिकाले दुई दिन र कचनकवल गाउँपालिकाले पाँच दिन विद्यालयको पठनपाठन स्थगन गर्ने निर्णय गरेका छन् ।
कचनकवलले आज जेठ १८ देखि जेठ २२ गतेसम्म पाँच दिनका लागि पठनपाठन बन्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत हीराकुमारी यादवद्वारा जारी सूचनामा उल्लेख छ ।
Comments