श्रीमाविका लेखापाल शौचालयमा जलिरहेको अवस्थामा भेटिए
Published:
by .विराटनगर । मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिका वडा नं. २ मृगौलियास्थित श्री माध्यमिक विद्यालयका लेखापाल शौचालयमा जलिरहेको अवस्थामा भेटिएका छन् ।
आज बिहान ६:५० बजेतिर विद्यालयकै शौचालयभित्र जलिरहेको अवस्थामा मृगौलिया घर भएका ४० वर्षीय मनिल ढकाल भेटिएका हुन् ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले दिएको जानकारी अनुसार आज बिहानै विद्यालय जान्छु भनेर ढकाल घरबाट हिँडेको खुलेको छ । आगोले शरीरका अधिकांश भाग जलेका कारण उनको अवस्था गम्भीर छ ।
गम्भीर अवस्थाका लेखापाल ढकाललाई उपचारका लागि विराटनगरको कोशी अस्पताल पुर्याएको प्रहरीले जनाएको छ ।
घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा उनले आफैंलाई आगो लगाएको देखिएको प्रहरीले बताएको छ ।
Comments