तरकारी खेती गर्ने महिलालाई मेची सामुदायिक सिकाई केन्द्रद्वारा तालिम प्रदान
Published:
by .कमल । झापाको कमल गाउँपालिका वडा नं. ५ सिम्लेमा व्यावसायिक तरकारी खेती गर्दै आएका कृषकलाई लक्षित गरी मेची सामुदायिक सिकाई केन्द्रले सञ्चालन गरेको तरकारी खेती सम्बन्धी तीन दिवसीय तालिम आज सम्पन्न गरिएको छ ।
तालिममा ३० जना महिलाको सहभागिता थियो । तालिमको सहजीकरण कृषि प्राविधिक टंक कट्टेलले गरेका हुन् ।
सामुदायिक सिकाई केन्द्रका अध्यक्ष लैनबहादुर पौडेलको अध्यक्षतामा सम्पन्न तालिम समापन कार्यक्रममा कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई, ५ नम्वर वडा सदस्य चुरुहाङ्ग लावती लगायतले मन्तवय राखेका थिए ।
सचिव दुर्गाप्रसाद नेपालले सञ्चालन गरेको समापन कार्यक्रममा निवर्तमान अध्यक्ष मात्रिकाप्रसाद नेपालले शाब्दिक स्वागत गरेका थिए ।
Comments