सरकारलाई पूर्व प्रहरी संगठनको ज्ञापनः रेशमलाई काराबासमा पठाइयोस्
Published:
by .भद्रपुर । नेपाल पूर्व प्रहरी संगठन झापाले टिकापुर नरसंहारको आरोप प्रमाणित भएका भनिएका रेसम चौधरीको आम माफी फिर्ता हुनु पर्ने माग राख्दै सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।
संगठनका झापा अध्यक्ष खड्गबहादुर खड्काको नेतृत्वमा आएको टोलीले झापाका प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई ज्ञानप पत्र पठाएको हो । उक्त घटनामा झापाको भद्रपुरमा स्थायी घर भएका न्यौपाने थरका एसपीसहित प्रहरीहरुको पनि निधन भएको थियो ।
अध्यक्ष खड्गबहादुर खड्का, उपाध्यक्ष अबिचन्द्र रिजाल र सचिव कृष्णप्रसाद सापकोटाद्वारा हस्ताक्षर गरिएको ज्ञापन पत्रमा भनिएको छ – मुलुकी ऐन तथा फौजदारी संहिताको १५९ र फौजदारी कसुर ऐन दफा २४ र ३७ को भावना विपरित आरोपी छोड्ने निर्णय आएकोले सच्याएर चौधरीलाई काराबास मै राख्न माग गरिएको छ ।
Comments