Sajhamanch Archive

मालपोत र लेखापढी सेवा एकै ठाउँमा

Published: in मिडियाबाट साभार, समाज by .

चितवन । सरकारले मालपोत कार्यालय भित्र लेखापढी व्यवसायी (भूसेवा प्रदायक)लाई प्रवेशमा रोक लगाएको छ । तर, चितवनको भरतपुर महानगरपालिका–२० स्थित चनौली मालपोत कार्यालयमा भने लेखापढी व्यवसायीहरूले कार्यालय परिसरभित्रै आफ्ना ‘कार्यालय’ खोलेका छन् ।

वल्लो कोठाको सटरमा लेखापढी दाजुभाइ सेवा छ भने त्यससँगै जोडिएको अर्को सटरमा निलो पर्दा लगाएर मालपोतको सेवा केन्द्र छ । लेखापढीलाई हिजोआज भूसेवा प्रदायक भन्ने गरिएको छ । उनीहरुलाई कार्यालयको वेभसाइट भित्रको सफ्टवेयरमा सेवाग्राहीका विवरण राख्न मिल्ने गरी व्यवस्था गरिएको छ । उनीहरूले राखेका विवरण हेर्ने, रुजू गर्ने, ठिक भए नभएको जाँच गर्ने मालपोतको अफिस पनि आडमै जोडिएको छ ।

चनौली मालपोत कार्यालय प्रमुख नरहरी सापकोटाले आफूले चाहेर पनि लेखापढीको सेवा दिनेहरुलाई हटाउन नसकेको बताए । उनले कार्यालय बसेको आडैको घर अर्को व्यक्तिको भएकाले उनीहरुलाई हटाउन नसकिएको बताए ।

‘हामीहरु भाडाको घरमा छौं, हामीले जति भाडामा लिएका छौं त्यति भित्र मात्रै हाम्रो अधिकार हो, त्योभन्दा बाहिर अरुले आफ्नो निजी सम्पत्ती भाडामा लगाएका छन्, हटाउन चाहेर पनि सकेनौं’ कार्यालय प्रमुख सापकोटा भन्छन्, ‘त्यसैले त मैले भनेको छु यो सरकारी कार्यालय भएर पनि सेवाग्राही मैत्री भएन ।’

चनौली मालपोत कार्यालय वरपर भूसेवा सञ्चालन गर्ने लेखापढी व्यावसायी झण्डै २१ जना छन् । उनीहरु मातहत अरू पनि छन् ।

चनौली मालपोत कार्यालय प्रमुख नरहरी सापकोटा
अदालतले जाँच लिएर लेखापढी व्यवसाय गर्न लाइसेन्स दिने गर्छ । कार्यालयसँग सम्वन्धित भूसेवा कामका लागि कतिलाई स्थान दिने भन्ने कुरा हरेक नयाँ आर्थिक वर्षको साउनमा निर्धारण गरिन्छ । कारोबार धेरै देखे धेरै लोभिएर स्वीकृतीका लागि आउँछन्, कम भए आउँदैनन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *