Sajhamanch Archive

बिर्तामोडमा कृषि सम्बन्धी तीन दिवसीय तालिम सम्पन्न

Published: in अर्थतन्त्र, लोकप्रिय, शिक्षा, स्थानीय तह by .

बिर्तामोड । पशुपालन व्यवसायमा आवद्व कृषकहरुको लागि बिर्तामोडमा आयोजित विभिन्न प्रकारका तालिमहरु सम्पन्न भएका छन् ।

बिर्तामोड नगरपालिका पशुपंछी तथा मत्स्य विकास शाखाले जेठ २३ गतेदेखि आयोजना गरेको विभिन्न प्रकारका तीनवटा तालिम शुक्रबार सम्पन्न भएको हो । नगरपालिकाले व्यवसायिकरुपमा बाख्रा पालन, गाईपालन र पशु आहार व्यवस्थापन साइलेज, हे र मिनिरल ब्लक बनाउने तालिम सञ्चालन गरेको थियो ।

गाई र बाख्रापालन सम्बन्धी एक–एक दिन र पशु आहार व्यवस्थापन सम्बन्धी दुई दिन तालिम सञ्चालन गरिएको शाखा अधिकृत सावित्रा दाहालले जानकारी दिइन् । ।

तालिम समापन कार्यक्रममा बोल्दै नगरप्रमुख पवित्रा महतारा प्रसाईले तालिममा सिकेका कुरालाई वेवास्ता नगरी हुवहु कार्यान्वयन गर्न सहभागीलाई आग्रह गरेकी छिन् । आधुनिक तवरले पशुपालन व्यवसाय सञ्चालन गर्नुपर्ने भन्दै उनले यस तालिममा छुटेकाहरुलाई आगामी कार्यक्रममा सहभागी गराउने आश्वासन पनि दिइन् ।

तालिम समापन कार्यक्रममा बोल्दै नगरपालिकाका जिन्सि शाखा प्रमुख मेघराज वाँस्तोला र पशु विज्ञ तथा तालिम प्रशिक्षक डाक्टर कमलेश्वर भाटले सहभागिहरुले तालिममा सिकेको कुरा व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिएका थिए ।

तालिममा सहभागीहरुको तर्फबाट बोल्दै वडा नम्बर ७ का कृषक सागर ढकालले नगरपालिकाले प्रदान गरेको यस तालिमबाट धेरै कुराको ज्ञान लिएको बताए । उनले आफुले सिकेको सिप तालिममा सहभागी नभएकाहरुलाई पनि सिकाउने प्रतिवद्वता व्यक्त गरेका थिए ।

कृषक ढकालले पशुपंछी तथा दूधमा बिर्तामोडलाई आत्मनिर्भर बनाउन सहकार्य गरेर अघि बढ्ने समेत आसा व्यक्त गरे । बिर्तामोड नगरपालिकाले व्यवसायिक रुपमा कृषि तथा पशु पालन गर्दै आएका कृषकहरुको लागि विभिन्न प्रकारका सहयोग उपलव्ध गराउँदै आएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *