Sajhamanch Archive

शरणार्थी बोकेको डुंगा दुर्घटना हुँदा ७८ जनाको मृत्यु

Published: in विश्व समाचार by .

एजेन्सी । ग्रीसमा शरणार्थीहरु बोकेको डुंगा दुर्घटना हुँदा ७८ जनाको मृत्यु भएको छ । ग्रीसका दक्षिणी समुद्री किनारामा भएको उक्त दूर्घटनामा कैयौं बेपत्ता भएको आशंका गरिएको छ । शरणार्थी र आप्रवासीहरु बोकेको डुंगा भूमध्य सागरको निकै गहिरो क्षेत्रमा दूर्घटना भएको ग्रीसको तटीय सुरक्षा गार्डले बताएका छन् ।

दुर्घटनाको खबरलगत्तै उद्धारमा जुटेका तटीय सुरक्षा गार्डले करीब एक सय जनालाई उद्धार गरेका छन् । तीब्र हावाका कारण उद्धारमा कठिनाई भएको भन्दै उद्धारककर्ताहरुले डुंगामा कुन कुन देशका कति थिए भन्ने पत्ता नलागेको बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *