Sajhamanch Archive

प्रधानन्यायाधीशमा कार्की नियुक्त, आजै शपथ

Published: in मिडियाबाट साभार, राजनीति, विविधा by .

काठमाडौं। प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त भएका छन् । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा प्रस्तावित हरिकृष्ण कार्कीको नाम सर्वसम्मत अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गरेका हुन् ।

शपथ आजै अपराह्न सवा ५ बजे शपथको तयारी गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

संसदीय सुनुवाइ समितिले दुई दिनको सुनुवाइपछि शुक्रबार नै कार्कीको नाम अनुमोदन गरेको थियो ।

आठ महिनायता कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेका कार्की आगामी साउन २० गते सेवा निवृत्त हुँदैछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *