राष्ट्रपति पौडेल त्रिवि शिक्षण अस्पतालमा भर्ना
Published:
by .काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्यमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन् ।
राष्ट्रपति पौडेललाई गएराति स्वास्थ्यमा समस्या देखिएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो ।
राष्ट्रपति पौडेललाई मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरी उपचार भइरहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।
Comments