बीमा कम्पनीमा ‘विग मर्जर’ : ‘प्रभू महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड’को लोगो सार्वजनिक
Published:
by .झापा । बीमा कम्पनीहरुले आफ्नो सेवालाई चुस्त एवम् बिमितको सुविधा समेतलाई ध्यान दिएर ‘बिग मर्जर’को नीति अवलम्बन गर्न थालेका छन् । पछिल्लो समय प्रभू लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योन्सको एकीकरणले पनि यसैको पुष्टि गरेको छ ।
नेपाल बीमा प्राधिकरणले यी दुई कम्पनीलाई एकीकरणका लागि गत जेठ २९ गते अन्तिम स्वीकृति प्रदान गरिसकेको छ । दुवै बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुले हस्ताक्षर गरेर आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा चालू असार महिनामा एकीकरणका प्रक्रियाहरु पूरा गरी संयुक्त कारोबार सुरु गर्ने जनाइएको छ ।
नयाँ कम्पनीको नाम ‘प्रभू महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड’ रहने गरी नयाँ प्रतिक चिन्ह (लोगो) पनि विज्ञप्तिमार्फत् सार्वजनिक गरिएको छ । प्रभू लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।
एकीकरण लगत्तै नयाँ कम्पनीका देशभर १६७ वटा शाखा उपशाखा हुनेछन् भने हाल ४४९ कर्मचारी कार्यरत छन् । बीमा प्राधिकरणले तोकेको ५०० करोड चुक्ता पुँजीको लक्ष्यमा पुग्न प्रिमियम मूल्यमा एफपिओ जारी गर्ने सहमति भएको विज्ञप्तिमा उल्लेख छ ।
Comments