उपचार खर्च यथाशीघ्र उपलब्ध गराउन नगरप्रमुख बुढाथोकीको आग्रह
Published:
by .मेचीनगर । सरकारले जटिल प्रकृतिका बिरामी नागरिकका लागि उपचार खर्च वापत दिने भनेको रकम समयमा उपलब्ध नगराउँदा नगरबासीलाई समस्या भएको भन्दै मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले यथाशीघ्र उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेका छन् ।
नगरप्रमुख बुढाथोकीले नगरपालिकाको तर्फबाट नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र पठाउँदै नगरमा उपचारमा सहयोगका लागि माग भएका २०१ जना बिरामीको आर्थिक वर्ष २०७९/०८० को लागि उपचार खर्च वापतको रकम ८७ लाख २० हजार रूपैयाँ यथाशीघ्र विनियोजन गर्न आग्रह गरेका हुन् ।
उनले नगरपालिकाको तर्फबाट यसअघि पनि मंसिर र बैशाखमा पत्राचार गर्दापनि त्यसको कुनै सुनवाइ नभए पछि पुनः मन्त्रालयलाई पत्र पठाइएको बताए ।
राज्यले उपलब्ध गराउने भनेको जटिल प्रकृतिका बिरामीहरू मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइएका, क्यान्सर बिरामी, मेरूदण्ड पक्षघातका बिरामीहरूलाई औंषधि उपचार खर्च वापतको रकम समयमा उपलब्ध नगराउँदा बिरामीलाई थप समस्या भएको छ ।
मन्त्रालयले यथाशीघ्र रकम जनगुनासाहरू आउन थालेको बताउँदै त्यसलाई सम्बोधन गर्न मन्त्रालयलाई पत्र पठाइएको उनले बताए ।
Comments