५ हजार नयाँ रोजगारीको सिर्जना गर्नेदेखि सांस्कृतिक सहर बनाउनेसम्म बालेनको योजना
Published:
by .काठमाडौँ । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
बुधबार राष्ट्रिय सभा गृहमा महानगरका मेयर बालेन शाहले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्।
उनको नीति तथा कार्यक्रममा कम्तीमा ५ हजार नयाँ रोजगारीको सिर्जना गर्नेदेखि सांस्कृतिक सहरसम्मका कुराहरु समावेश छन्।
महानगरपालिकाको दीर्घकालीन सोच, सांस्कृतिक सहर, समृद्ध महानगु लाई केन्द्रमा राखेर सफा, सुन्दर, धुलोरहित एवं व्यवस्थित सडक र पेटी, सफा नदिनाला, डुबानरहित, प्रविधिमैत्री, हराभरा, पर्यावरण तथा पर्यटनमैत्री काठमाडौं निर्माण गर्ने भनिएको छ।
त्यस्तै महानगरले कम्तीमा ५ हजार नयाँ रोजगारीको सिर्जना गर्ने कार्यक्रम पनि नीति तथा कार्यक्रममा समावेश छ।
Comments