Sajhamanch Archive

कोसी, वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना

Published: in मिडियाबाट साभार, विविधा, समाज by .

काठमाडौँ । हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। पश्चिम नेपालमा भारतको उत्तर प्रदेशमा रहेको निम्न चापीय क्षेत्रको प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका विभिन्न भू–भागमा वर्षाको सम्भावना रहेको छ। कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा आज वर्षाको सम्भावना रहेको छ।

विभागका अनुसार आज बिहान मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित कोसी र वाग्मती प्रदेशका तराईका भू–भागमा सामान्य बदली रहेको छ। बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। देशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोसी र वाग्मती प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

विभागका अनुसार आज राति कोसी, वाग्मती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ । देशका बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। भने कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।

भारी वर्षा, मेघगर्जनसहित चट्याङ, बाढी–पहिरो, भू–क्षय तथा गेग्रान बहावका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि विभागले आग्रह गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *