अस्पतालको नयाँ भवनमा पानी चुहेपछि कारवाहीको माग
Published:
by .भद्रपुर । भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालको निर्माणाधीन भवन कमसल निर्माण सामग्री प्रयोग गरी बनाएको पाइएको छ । निर्माणकै क्रममा रहेको सो भवनमा वर्षादको पानी चुहेको भन्दै अस्पताल विकास समितिले निर्माण ठेकेदारलाई कारवाहीको माग गरेको हो ।
कन्टेक प्रालि नामक निर्माण कम्पनी मार्फत निर्मित अस्पताल भवन हस्तान्तरण प्रकृया रोकेर कमसल सामग्री हटाई स्तरीय सामग्रीको प्रयोग मार्फत भवन पुनःनिर्मित भएपछि सेवा प्रवाह गर्न सकिने अस्पताल विकास समितिले विज्ञप्ति मार्फत प्रष्ट पारेको छ ।
अस्पताल विकास समितिका अध्यक्ष विश्वनाथ बरालद्वारा जारी विज्ञप्तिमा अस्पतालका झ्याल ठोकामा प्रयोग भएका सामग्री कमसल रहेको, शौचालयमा निकै समस्या देखिएको, छानामा प्रयोग भएको फाइवर कमसल रहेको, अस्पताल भवनका तीनवटा सेक्सनको छानाबाट पानी चुहेकोले प्राविधिक त्रुटी गराउने प्राविधिक र निर्माण कम्पनीलाई छानविन गरी कारवाही गर्न मागसमेत गरिएको छ ।
Comments