मृत्युपछि दावी भुक्तानीमात्र होइन असाध्य रोगको उपचारमा पनि महालक्ष्मीको साथ
Published: (Updated: )
by .![](https://old.sajhamanch.com/wp-content/uploads/2023/06/Mahalaxmi.png)
इलाम । महालक्ष्मी लाइफ इन्स्योरेन्सले आफ्नो बिमितलाई उपचार खर्चका लागि १० लाख रुपैयाँ प्रदान गरेको छ। महालक्ष्मी लाइफ इलाम शाखाबाट बीमा गरेका मनोहर तामाङलाई क्यान्सरको उपचारका लागि १० लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको हो ।
तामाङले क्यान्सर रोगको उपचार गराइरहेको अस्पतालको कागजातहरु पेश गरेपछि बीमा कम्पनीले उनको नाममा १० लाख रुपैयाँको चेक जारी गरेको कोशी प्रदेशका उपक्षेत्रीय प्रमुख गुन्जन थापाले जानकारी दिएका हुन् । सो बीमा कम्पनीले बीमा अवधिमा बिमीतको मृत्यु भएमा दावी भुक्तानीमात्र गर्ने नभई बिमितलाई लाग्ने रोगहरुको प्रकृति र उपचार खर्चसमेत आधार मानेर रकम दिने व्यवस्था गरेको उपक्षेत्रीय प्रमुख थापाको भनाई छ ।
उपक्षेत्रीय प्रमुख थापाका अनुसार बिमित तामाङले १० लाख रुपैयाँको बीमा गरी एक किस्ता (करिब ८० हजार रुपैयाँमात्र) भुक्तानि गरेको ११ महिना पछि नै उनलाई क्यान्सर देखिएको थियो । तामाङले गरेको बीमाको पोलिसी अनुसार नै उक्त उपचार सुविधा प्रदान गरिएको उपक्षेत्रीय प्रमुख थापाको भनाई छ ।
आम मानिसमा बीमा रकम बिमित मरेपछि मात्र पाइने वा बीमालाई दीर्घकालीन बचत मान्दै आएकोमा अब घातक रोगहरु लाग्दा पनि ५० लाख रुपैयाँसम्म उपचार खर्च रकम दिने व्यवस्था महालक्ष्मी लाइफमा रहेको उपक्षेत्रीय प्रमुख थापाको भनाई छ ।
जीवन बीमामा अन्य जोखिम बहन गरेसङ्गै रोग लाग्दा स्वयम् व्यक्ति बाँच्नका लागि कम्पनीले रकम दिने हुँदा हिजोआज बीमाप्रति निक्कै आकर्षक बढ्न थालेको उनको भनाई छ।
प्रभु लाइफसँग एकीकरणको सबै प्रकृयाहरु पूरा गरेसँगै कम्पनीको नयाँ प्रतिक चिह्न (लोगो) सार्वजनिक गरिसकेको छ । सो कम्पनीले यसै आर्थिक वर्षको अन्त्यसम्ममा प्रभु महालक्ष्मी लाइफको नामबाट एकीकृत कारोबार सन्चालन गर्न लागेको छ । जीवन बीमा कै प्रथम नेपाली सिइओ हाल महालक्ष्मी लाइफका रमेशकुमार भट्टराई नै उक्तः कम्पनीको सिइओ बन्ने जानकारी पनि उपक्षेत्रीय प्रमुख थापाले दिएका छन् ।
Comments