Sajhamanch Archive

अदालतमाथि अविश्वास जगाउने बालेनको दुस्साहस

Published: in मिडियाबाट साभार, समाज by .

काठमाडौं । आफूलाई स्पष्टीकरण सोध्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय विरुद्ध काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफैं उच्च अदालतमा निवेदन दिए ।

त्रिभुवन विमानस्थल नजिकै सिनामंगलमा नक्सा पास नगरी बनाइरहेको भवन परिसरको फेन्सिङ तारबार काटेको भन्दै उड्डयन प्राधिकरणले मेयर बालेन, नगर प्रहरी प्रमुख राजु पाण्डे र वडा नम्बर ९ का वडाध्यक्ष रामजी भण्डारीलाई किन कारबाही नगर्ने भनेर १ असारमा ७ दिने स्पष्टीकरण सोधेको थियो ।

स्पष्टीकरण सोध्नु गैरसंवैधानिक, गैरकानुनी र क्षेत्राधिकारविहीन भएको भन्दै बालेनले वारेस मार्फत बुधबार दायर गरेको रिट बिहीबार उच्च अदालत, पाटनका न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासमा पर्‍यो ।

संयोग : न्यायाधीश चन्दकै इजलासमा बालेनलाई विपक्षी बनाएको मुद्दा पनि पर्‍यो । विवादास्पद फिल्म ‘आदिपुरुष’लाई लिएर भारतीय फिल्मको प्रदर्शन रोक्ने बालेनको कदम विरुद्ध चलचित्र संघले बुधबार रिट दायर गरेको थियो । त्यो रिटमा सुनुवाइ गर्दै न्यायाधीश चन्दकै इजलासले सेन्सर बोर्डले अनुमति दिएका कुनै पनि फिल्मको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश दिए ।

अदालतको आदेशलगत्तै काठमाडौं महानगरका मेयर बालेनले अदालतको आदेश नमान्ने घोषणा गरे । अदालत भारतको गुलाम भएको भन्दै उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ, म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *