Sajhamanch Archive

नेपालले ११ महिनामा बेच्यो साढे ३ अर्बको चिया

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, समाज by .

काठमाडौं । नेपालको चिया निर्यात वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको ११ महिनाको व्यापार तथ्याङ्‍कअनुसार नेपालले जेठसम्म ३ अर्ब ३५ करोड ५४ लाख रुपैयाँको चिया निर्यात गरेको छ ।

१५ करोड ४२ लाख ५९ हजार किलो चिया निर्यात गर्दा नेपालले उक्त आय गरेको हो । गत वर्ष यसै अवधिमा नेपालबाट एक करोड ९ लाख किलो चिया नेपालबाट निर्यात हुँदा २ अर्ब ८१ करोड रुपैयाँ नेपालले कमाएको थियो ।

जुन गत वर्षको यसै अवधिको तुलनामा ५४ करोड ३८ लाख रुपैयाँले धेरै हो । नेपाल सबै भन्दा धेरै चिया निर्यात भारतमा गर्दै आएको छ ।

भारतमा मात्रै ३ अर्ब १७ करोड ७४ लाखको चिया निर्यात भएको थियो । यस्तै रुस, नेदरल्याण्ड्स, जर्मनी र अमेरिकामा पनि नेपालले चिया निर्यात गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *