Sajhamanch Archive

केरा खेतीमा लागेका बस्नेतलाई सरकारले दियो १ लाख पुरस्कार

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by .

कनकाई । झापा गाउँपालिका वडा नं. ३ का कृषक चन्द्रप्रसाद बस्नेत १ लाख रुपैयाँ राशीको पुरस्कारसहित राष्ट्रिय युवा प्रतिभा सम्मान २०८० बाट सम्मानित भएका छन् ।

युवा तथा खेलकुद मन्त्रालयद्वारा आज काठमाडौंमा आयोजित राष्ट्रिय युवा प्रतिभा सम्मान समारोहमा कृषक बस्नेतलाई उक्त सम्मान प्रदान गरिएको हो । व्यवसायिक केराखेती मार्फत कृषि क्षेत्रमा अनुकरणीय कार्य गरी नेपाली युवामा सिर्जनशिलता, उद्यमशीलता र युवा पुस्तामा कृषिको सकारात्मक सोच प्रवाह गर्न सहयोग पुर्याएकोमा सरकारले उनलाई १ लाख रुपैयाँसहित पुरस्कृत गरेको उल्लेख छ ।

उनलाई कार्यक्रमका प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू तथा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले सम्मानपत्र, पुरस्कार प्रदान गर्दै दोसल्ला ओढाएका थिए । कृषक बस्नेतले झापा गाउँपालिकामा व्यवसायिक केरा खेती गर्दै अरुलाई पनि केरा खेतीमा प्रोत्साहन गर्दै आएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *