Sajhamanch Archive

आजदेखि देशभर मनसुन सुरु

Published: in मिडियाबाट साभार, विविधा, समाज by .

काठमाडौं । मनसुनी प्रणाली आज शुक्रबारदेखि देशभर फैलिएको छ । सरदर मितिभन्दा एक दिन ढिला नेपाल प्रवेश गरेको मनसुन ९ दिनपछि देशभर फैलिएको हो ।

नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । तर यस वर्ष एक दिन ढिलो अर्थात् जुन १४ तारिख (जेठ ३१ गते) मनसुन भित्रिएको थियो ।

पूर्वी नेपालबाट भित्रिएको मनसुनी प्रणाली आज शुक्रबारदेखि देशभर फैलिएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशभर मनसुन फैलिएको र सकृय अवस्थामा रहेकाले आगामी तीन दिनसम्म देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

साथै मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा एक/दुई स्थानमा अति भारी वर्षा हुने पूर्वानुमान महाशाखाले गरेको छ । मनसुनको समयमा बाढी, पहिरो, भूक्षयको सम्भावना हुने भएकाले सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *